पूर्वी संसारको फुङ्लिङ बजारमा बिमोचन

पूर्वी संसारको फुङ्लिङ बजारमा बिमोचन

  • बुधबार, फाल्गुन १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

१२ फाल्गुन, ताप्लेजुङ/ निश्पक्ष समाचार, पर्यटन प्रवर्दन र मनोरञ्जनको लागि भन्ने मूल नाराका साथ प्रकाशन आरम्भ भएको पूर्वी संसार नामक मासिक पत्रिकाको आज एक कार्यक्रमबीच प्रमुख जिल्ला अधिकारी कमल बहादुर थापाद्धारा ताप्लेजुङको फुङलिङ बजारमा विमोचन गरिएको छ ।

ताप्लेजुङमा पछिल्लो समय विद्युतीय संचार र छापा संचार माध्यमको विकास भएको छ । पछिल्लो समयमा रेडियो फक्ताङलुङ ८९.८ मेघाहर्जको स्थापना भएको २ वर्ष नवित्दै पूर्वी संसार नामक मासिक पत्रिका प्रकाशनमा आएको हो ।

पूर्वी संसारले जिल्लाका हरेक समुदाय, तह, तप्का र संचारकर्मी र संचार विज्ञहरूको सल्लाह, सुझाब र प्रतिकृयालाई आत्मसाथ गर्दै अगाडि बढ्ने विमोचन कार्यक्रमलाई अध्यक्षता गरेका प्रबन्ध सम्पादक मानबहादुर गुरुङले बताए ।

कार्यक्रममा प्रमुख अतिथि रहेका ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी कमल बहादुर थापाले पूर्वी संसारको सफलताको शुभकामना दिदै, आगामी दिनमा आफ्नो कार्यकालमा दर्ता भएको पत्रिकाले निरन्तरता पाउने आशा व्यक्त गरेका थिए । थापाले पूर्वी संसार मासिक पत्रिका मेची अञ्चल मात्र नभएर पूर्वाञ्चलकै गुणस्तरीय पत्रिका भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ