माग अनुसार आईओसीले ईन्धको लोड गरेन , समस्या सुल्झाउन प्रबन्ध निर्देशक खड्का भारत प्रस्थान

माग अनुसार आईओसीले ईन्धको लोड गरेन , समस्या सुल्झाउन प्रबन्ध निर्देशक खड्का भारत प्रस्थान

  • बुधबार, फाल्गुन १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाण्डौ ,१२ फागुन ।
नेपालको माग अनुसार अझै भारतीय आयल निगम (आइओसी)ले पेट्रोलियम पदार्थको ‘लोडिङ्’ नगरेपछि नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का भारत जानुभएको छ ।

बारम्बार ताकेता गर्दा पनि आइओसीले इन्धन दिन आनाकानी गरेकाले सो बिषयमा छलफल गर्न खड्का भारत जानुभएको हो । ईन्धन कम आएकाले उपभोत्ताको माग अनुसार पेट्रोलियम पदार्थ वितरण गर्न नसकिएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार देशभर एक हजार ५०० किलोलिटर पेट्रोल र तीन हजार किलोलिटर डिजेल आवश्यक पर्छ । तर, पाचँ महिनादेखिको अभावका कारण बढी माग हुने गरेको छ ।

त्यसैगरी आइओसीले दैनिक ६५ बुलेट ग्यास आउनुपर्नेमा ४० तथा ४२ बुलेटमात्र लोडिङ दिने गरेको छ । प्रवक्ता घिमिरेले मागको ७० प्रतिशतमात्र इन्धन लोडिङ् भएकाले समस्या भएको बताउनुभयो ।
भारतले ईन्धनमा भने अहिले पनि नाकाबन्दी कायम राखेको बिषयमा संसदले पनि कुरा उठाएको थियो ।

कुल खपतको ३० प्रतिशत इन्धन चीनबाट खरिद गर्ने सम्झौता भएसँगै भारतीय पक्षले ७० प्रतिशतमात्र लोडिङ् दिएको जनाईएकोे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी