नयाँ शक्तिको सल्लाहकार परिषद् गठन , पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री संयोजक

नयाँ शक्तिको सल्लाहकार परिषद् गठन , पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री संयोजक

  • बुधबार, फाल्गुन १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, ११ फागुन ।

नयाँ शक्ति नेपालले पार्टीलाई सल्लाह दिन पाँच सदस्यीय सल्लाहकार परिषद्को गठन गरको छ ।

नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईको अध्यक्षतामा ६ दिन लामो केन्द्रीय सचिवालयको बैठकले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा डा योगी विकाशानन्द, रामचन्द्र भट्टराई, बाबुराम अर्याल र डा लक्ष्मीप्रसाद राई सदस्य रहनुभएको सल्लाहकर परिषद् गठन गरेको हो ।

बैठकले राजनीतिक विभागअन्तर्गत दस्तावेज तयार गर्न, विभिन्न राजनीतिक दल, दलसँग आबद्ध व्यक्ति तथा स्वतन्त्र व्यक्तिसँग संवाद गर्न कार्यदलसमेत गठन गरेको छ । बैठकले सबै विभागलाई पूर्णता दिनुका साथै सबै विभागको नीति तथा कार्ययोजनासमेत पारित गरेको छ ।

त्यस्तै बैठकले केन्द्रीय सचिवालयमा केही सदस्य थप गरेको सो पार्टीका प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिनुभयो ।फागुन ६ गतेदेखि बसेको बैठक मंगलवार साझ मात्रै सकिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी