राजविराज, फागुन ११गते ।
नेपाली काँग्रेस सप्तरीको सभापतिमा दिनेश कुमार यादव निर्वाचित हुनुभएको छ ।
निर्वाचनमा देउवा पक्षधर यादव १०४ मतको अन्तरले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी संस्थापन पक्षका रामदेव साहले ५ सय ७ मत पाउनुभयो भने यादवले ६ यस ११ मत पाउनुभएको छ ।
त्यसै गरी सचिव पदमा संस्थापन पक्षका रामकुमार यादव निर्वा्चित हुनुभएको छ । आफ्ना निकटतम प्रतिद्दन्दी देउवा पक्षका उम्मेदबार राधाकान्त देवलाई १४ मत अन्तरले पराजित गर्दै यादव सचिवमा निवाचित हुनुभएको हो । देवले ५ सय ४९ मत पाउँदा यादवले ५ सय ६३ मत पाउनुभएको थियो ।
यसै विच कोषाध्यक्षमा पनि संस्थापन पक्षका उम्मेदबार शिबनारायण चौधरी निवाचित हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिद्दन्दी दिनेश चौधरीलाई ३५ मत अन्तरले पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो । शिबनारायणले ५ सय ७२ मत पाउँदा उहाँका निकटतम प्रतिद्दन्दी दिनेश चौधरीले ५ सय ३७ मत पाउनुभएको थियो ।
सदस्यहरुमा देउवा पक्षको वर्चस्व भएको छ । देउवा पक्षकै बढी व्यक्ति सदस्य पदमा निर्वा्चित भएका छन् । काँग्रेसको सोमबार सम्पन्न निर्वाचनमा कुल ११ सय ८२ मतदाता रहेकोमा ११ सय ६२ मत खसेको थियो ।