काठमाडौ ११ फागुन ।
सोलुखुम्बुको तिङलामा गएराति भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य एक जना घाइते भएका छन् ।
काठमाडौंबाट सोलुखुम्बु मुक्लीका लागि छुटेको ना २ ख ५५४४ नम्बरको मालबहक ट्रक दुर्घटना हुँदा मुक्ली–१ सोलुखुम्बुका भीमबहादुर बस्नेत र छत्रबहादुर बस्नेतको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक अर्का एक जनाको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।
दुर्घटनामा परी घाइते भएका ट्रक चालक इन्द्र तामाङको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको बुढाथोकीले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline