म्याग्दी हातेकागजमा उत्कृष्ट

म्याग्दी हातेकागजमा उत्कृष्ट

  • सोमवार, फाल्गुन १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाण्डौ,१० फागुन ।

देशभर सञ्चालित घरेलु तथा साना उद्योगबीच भएको प्रतिस्पर्धामा म्याग्दीको हातेकागज उद्योग प्रथम भएको छ । उद्योग मन्त्रालयअन्तर्गतको घरेलु तथा साना उद्योग विकास विभागले काठमाडौँमा गरेको प्रदर्शनीमा राम्चे गाविस–२ नांगीमा रहेको हिमाञ्चल हातेकागज उद्योगले प्रथम स्थान हासिल गरेको हो । आइतबार सम्पन्न ६ दिने प्रदर्शनीमा ७३ जिल्ला र काठमाडौँ उत्पत्यकाका उद्यमीको सहभागिता रहेको थियो ।

प्रथम भएको कागज उद्योगलाई विभागले रु १५ हजार पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरेको सो उद्योगका संयोजक चित्र तिलिजा पुनले जानकारी दिनुभयो । उत्पादनको विविधता, गुणस्तर, उद्योगमा प्रयोग हुने स्वदेशी कच्चापदार्थ, रोजगारी सिर्जना लगायतका आधारमा उक्त उद्योग उत्कृष्ट घोषित भएको हो ।

“पुरस्कारले हौसला मिलेको छ” उहाँले भन्नुभयो । विसं २०७० मा स्थापित हातेकागज उद्योगमा हाल नौजना महिलाले रोजगारी पाएका छन् । उद्योगले कागज उत्पादनका क्रममा स्थानीय सीप र स्रोतसाधनमा आधारित फरक प्रविधिको प्रयोग गरेको छ । सिसाको घर बनाएर त्यहाँभित्र कागज सुकाउने प्रविधि प्रयोगमा ल्याएको हो । सो उद्योगले नेपाली कागजको डायरी, झोला, खेलौना र गहना समेत उत्पादन गर्दै आएको छ ।

उद्योग सञ्चालन भएपछि वर्षौंदेखि जङ्गलमा कुहिएर खेर गइरहेको लोत्ताको सदुपयोग भएको छ । उद्योगको उत्पादन काठमाडौँ, स्थानीय बजार र दक्षिण कोरियासम्म निर्यात हुने गरेको छ । उक्त प्रदर्शनीमा बेनीको मङ्गलाघाटमा सञ्चालित जालपा फुड प्रोडक्टले समेत सहभागिता जनाएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी