नेकाँ म्याग्दीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

नेकाँ म्याग्दीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

  • सोमवार, फाल्गुन १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

म्याग्दी, १० फागुन ।

नेपाली काँग्रेस म्याग्दीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । पार्टी सभापति सुशील कोइरालाको निधनपछि स्थगित भएको छैटौँ जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया आज पुनः सुरु गरिएको हो ।

नयाँ नेतृत्वका लागि सभापतिमा दुईजनाबीच प्रतिस्पर्धा भएको छ । सभापति पदका लागि निवर्तमान उपसभापति खमबहादुर गर्वुजा ९खमवीर० र महासमिति सदस्य नेत्र महत चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

त्यसैगरी १२ जना महाधिवेशन प्रतिनिधिमा महिलातर्फ दुईजनाको पदमा छ जना, जनजातितर्फ एकजनाको पदमा दुई, अल्पसङ्ख्यकतर्फ एकजनाको पदमा चार, दलिततर्फ एकजनाको पदमा तीन र खुलातर्फ छजनाको पदमा १९ गरी कुल ३४ जना बीचमा प्रतिस्पर्धा भइरहेको छ ।

त्यस्तै जिल्ला कार्य समितितर्फ निर्वाचित सचिव पदमा दुई, कोषाध्यक्षमा दुई र चारजना खुला सदस्य पदमा १२ जनाबीच प्रतिस्पर्धा भएको छ ।

त्यसैगरी जिल्ला सदस्य पदमै अल्पसङ्ख्यक एकजनाको पदमा दुई र दलिततर्फ एकजनाको पदमा तीनजना बीच प्रतिस्पर्धा भएको अधिवेशन निर्वाचन समितिले जनाएको छ । नयाँ नेतृत्व चयनका लागि जिल्लामा रहेका कुल ४०५ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म जारी रहने र मतदान सम्पन्न भएको एक घन्टापछि नै मतगणना सुरु गरिने निर्वाचन अधिकृत अर्जुनप्रसाद चौलागाईंले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी