काठमाडौ १० फागुन ।
भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज पनि उच्चस्तरीय भेटवार्ता गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले आज बिहान सााढे ९ बजे दिल्लीस्थित राष्टपति भवनमा भारतीय उर्जाराजयमन्त्री पियुस गोयलसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भेटका क्रममा नेपालको उर्जासंकट लगायतका विषयमा कुराकानी हुने प्रधानमन्त्रीका प्रेससल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
यस्तै प्रधानमन्त्री ओलीले बिहान साँढे १० बजे भारतीय राष्टिय सुरक्षा परिषदका सल्लाहकारअजित डोबलसँग भेट गर्ने तालिका छ । उहाँले आजै नयाँदिल्ली स्थित विश्व सम्बन्ध परिषद र विवेकानन्द फाउन्डेसनको कार्यक्रममा सम्बोधन गर्दै हुनुहुन्छ ।
विवेकानन्द फाउन्डेसनको कार्यक्रममा भूकम्प पुनरनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत शुशिल ज्ञवालीको समेत प्रस्तुती रहने जनाएको छ । प्रधानमन्त्री ओलीले आजै साँझ भारतका व्यपारीहरुसाग ताज प्यालेस होटलमा छलफल गर्ने कार्यक्रम रहेको छ ।