नेपाल मगर संघ बाराको पाँचौ अधिवेशन सम्पन्न

नेपाल मगर संघ बाराको पाँचौ अधिवेशन सम्पन्न

  • आइतवार, फाल्गुन ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

वीरगन्ज, ९ फागुन । नेपाल मगर संघ बाराको अध्यक्षमा नेत्र बहादुर पुलामी मगर पुनः चयन भएका छन् । शनिबार अवेर राति सम्पन्न पाँचौ जिल्ला अधिवेशनको बन्द सत्रले पुलामी मगरको अध्यक्षतामा २३ सदस्यीय कार्य समिति सर्वसम्मतले चयन गरेको हो । संघको उपाध्यक्षमा नन्द माया तुम्सिङ मगर, सचिवमा मान बहादुर थापा मगर, सहसचिवमा चन्द्रिका पुलामी मगर, कोषाध्यक्षमा सन्त माया थापा मगर चयन हुनु भएको छ ।

त्यस्तै सदस्यहरुमा बाबु मगर, भक्त दर्लामी मगर, यम कुमार जर्गा मगर, कुल कुमारी आले मगर, चोली माया पाटा मगर, राजकुमार थापा मगर, कमला झाकोटे मगर, पुष्पराज थापा मगर, सुष्मा राना मगर र मीना गुर्मछान मगर लगायत २३ जना रहेका छन् ।
यसअघि पाँचौ जिल्ला अधिवेशनको उदघाटन नेपाल मगर संघका पूर्व अध्यक्ष झक बहादुर थापा मगरले गरेका थिए । उदघाटन सत्रमा नेपाल मगर संघकी केन्द्रीय सदस्य देवी श्रीष मगर, पर्सा अध्यक्ष कमल बहादुर पिठाकोटे मगर, मगर युवा संघका अशोक सारु मगर, आदिवासी जनजाति महासंघ बाराका अध्यक्ष रुपलाल चौधरी, एमाओवादी बाराका अध्यक्ष जयराम दाहाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उदघाटन सत्रमा लोकगायक सुर्य पूर्वछाने र रञ्जिता थापामगरले विभिन्न चर्चित गीतहरुले मनोरञ्जन प्रदान गरेका थिए । उदघाटन सत्र अघि विभिन्न मगर भेषभुषामा सजिएका मगरहरुले झाँकी सहित बाराको पथलैया बजार परिक्रमा गरी पुनः पथलैया स्थित नेपाल राष्ट्रिय उच्च माविमा पुगेर सभामा परिणत भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी