काठमाण्डौ, १० फाल्गुन ।
साथीभाई डिजिटल म्युजिक प्रालिको निर्माणमा आज बहुचर्चित गायक राजु परियार र टिका पुनको आवाजमा रहेको नया लोकदोहोरी गीत “ज्यान मात्र टाढा भो” को सुटिङ् सम्पन्न भएको छ ।
काठमाण्डौ बल्खुमा सम्पन्न म्युजिक भिडियोमा मोडल रामु बिरही र अपेक्ष्या बस्याल ले अभिनय गर्नुभएको छ भने निर्देशन रामु बिरहिलेनै गर्नुभएको छ । मोतिलाल घर्तिमगरको प्रस्तुतिमा रहेको गीतको लय शब्द पनि उहाकै छ भने संगीत संयोजन झलक संगीतामको रहेको छ ।
यो गीतमा फरक अभिनय रहेको बताउदै बिरही भन्नुहुन्छ “मैले पहिलो पटक नेपाल प्रहरीको भेसमा अभिनय गर्ने मौका पाएको छु यो अभिनयलाई पनि पहिलेका गीतहरुको म्युजिक भिडियो जतिकै मन पराउनुहुनेछ” क्यामरा म्यान करण चैसिरको छायांकनमा सम्पन्न म्युजिक भिडियो अब छिट्टै बजारमा आउने कम्पनि संचालक तथा सर्जक रामु बिरही ले बताउनुभयो ।