काठमाडौँ, ९ फागुन ।
काठमाण्डौको शालीनदी मेलामा जाने यात्रुसँग साँखु बस व्यवसायी संघका सार्वजनिक सवारीले मनपरी भाडा असुलेको यात्रुहरुले गुनासो गरेका छन। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने शालीनदी मेलामा जाने श्रद्धालुसंग बसका परिचालकले तोकिए भन्दा बढी भाडा लिने गरेको बताइएको छ ।
यातायात व्यवस्था विभागले विसं २०७२ माघ २४ गतेदेखि लागू गरेको भाडादर अनुसार पुरानो बसपार्कदेखि साँखुसम्म १८ किलोमिटर दूरीको भाडादर रु २३ तोकिएको छ ।
मेलाको मौका छोपेर तोकिए भन्दा छ गुणा बढी भाडा असुलेको यात्रुले गुनासो गरेका छन । संघका बसले उपत्यकामा सबैभन्दा बढी भाडा असुलेको गुनासो आउने गरेको विभागका प्रवक्ता एवम् अनुगमन विभाग प्रमुख वसन्त अधिकारीले बताउनु भयो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline