रुबेला खोप अभियान सुरु

रुबेला खोप अभियान सुरु

  • आइतवार, फाल्गुन ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ,९ फागुन ।

धनुषा जिल्लामा पहिलो चरणको दादुरा रुबेला तथा पोलियो खोप अभियान आइतबारदेखि सुरु भएको छ ।

पहिलो चरणअन्तर्गत जिल्लाको कुल ५१ वटा गाविसमा यो अभियान थालिएको हो । अभियानअन्तर्गत ५१ वटै गाविसमा आवश्यक सबै सामग्री, स्वास्थ्यकर्मी, खोप टोली, स्वयम्सेवक शनिबारदेखि नै परिचालन गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाले जनाएको छ । यो अभियान फागुन ९ देखि १७ गतेसम्म चल्ने कार्यालयका खोप अधिकृत राजदेव यादवले जानकारी दिनुभएको छ ।

पहिलो चरणको नौदिने अभियानअन्तर्गत जिल्लाका ५१ गाविसका करिब ५३ हजार ४६८ बालबालिकालाई दादुरा रुबेला खोप लगाइने र ५८ हजार ८१० बालबालिकालाई पोलियो थोपा खुवाइने छ । अभियानको दोस्रो चरणमा बाँकी रहेको गाविस र नगरपालिकामा अभियान सुरु गरिनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी