गर्जन पोष्ट को प्रथम बार्षिकोत्सव बुटवलमा सम्पन्न

गर्जन पोष्ट को प्रथम बार्षिकोत्सव बुटवलमा सम्पन्न

  • आइतवार, फाल्गुन ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौ ९ फाल्गुण ।   

पश्चिमाञ्चललाई आफ्नो कार्यक्षेत्र बनाई विगत एक वर्षदेखी प्रकाशित गर्जन पोष्ट साप्ताहिकले आफ्नो प्रथम बार्षिकोत्सव सम्पन्न गरेको छ ।

२०७१ फाल्गुण ३ गते औपचारिक रुपमा विमोचन भई रुपन्देहीको बुटवलबाट प्रकाशित गर्जन पोष्ट साप्ताहिक पत्रिकाले आफ्नो बार्षिकोत्सवको अवसरमा बरिष्ठ बामपन्थी विश्लेषक तथा पत्रकार विशिष्ठ व्यक्तित्व दिल सहानी लाई रु ५,५५५ सहित दोसल्ला, प्रमाणपत्रले विशेष सम्मान समेत गरेको छ ।

नेपाल पत्रकार महासंघ रुपन्देहीको हलमा आयोजित विशेष समारोहका विच सम्मानीत दिल सहानी राष्ट्रिय ख्यातीप्राप्त साहित्यकार तथा बामपन्थी आन्दोलन साथै पत्रकारिता पेशामा एउटा सम्मानीत नाम हो ।

उहाँले गरेका योगदानको उच्च मुल्याङ्कन गर्दै उहाँलाई सम्मान गरिएको मिडियाकर्मी सम्मान छनौट समितिका संयोजक दिपक विश्वकर्माले बताए ।कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव एवं क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय अध्यक्ष प्रभात चलाउनेले नेपालको पत्रकारितामा देखिएको समस्याहरुलाई हल गर्नको लागी पत्रकार महासंघले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उहाँले पत्रकारितामा आउने र पलायन हुने समस्या बढेको भन्दै गर्जन पोष्ट एक वर्षदेखी निरन्तर प्रकाशित भएकोमा खुसी व्यक्त गर्दै राजनीतिक आन्दोलनमा पत्रिकाले खेलेका भूमिकाहरु उदाहरणीय भएको र आवश्यक पर्दा गर्जन पोष्टले समेत आन्दोलनरत पक्षको आवाजलाई उठान गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो ।

उहाँले थप्नुभयो, ‘अन्तराष्ट्रिय जगतमा विभिन्न राजनीतिक उत्कर्षको बेलामा पत्रकारिताले उत्कृष्ट भूमिका खेलेको देखिन्छ, तर पत्रकारितालाई एकातिर राजनीतिक दलको निकट बस्नुपर्ने बाध्यता छ भने अर्काेतिर कर्पाेरेट बजारले च्यापिरहेको अवस्था छ, यसबाट पत्रकारिता पेशालाई मर्या्दित बनाउन सकेमा पत्रकारिताको साख जोगिरहन्छ ।’

यसैगरी क्रान्तिकारी पत्रकार संगठन लुम्बिनी अञ्चलको संयोजनमा सम्पन्न ‘नेपालको बर्तमान राजनीतिक अवस्था र मिडियाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम’मा बोल्ने अधिकाशं बक्ताहरुले नेपालको राजनीति दुई धारमा चलेको भन्दै दुई धारलाई जोड्ने पुलको रुपमा मिडियाहरुले भुमिका खेल्नुपर्ने बताएका थिए ।

भारतीय हस्तक्षेपको विरुद्धमा र आन्दोलनरतहरुको आवाज बनेर मिडियाले राजनीतिक परिवर्तनको लागी महत्वपूर्ण भूमिका खेल्नुपर्ने तर्फ जोड दिए । यो विषयमा गम्भीर बहस र छलफल नहुँदा हिजो ०५२ मा १० बर्षे जनयुद्ध सुरु भएको स्मरण गर्दै अब फेरी यस्तो अवस्था आउँन नदिन मिडियाकर्मीले भुमिका खेल्नुपर्ने बताएका थिए ।

पत्रकार संगठन लुम्बिनीका अध्यक्ष एवंम गर्जन पोष्ट साप्ताहिकका प्रकाशक प्रकाश डुम्रेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य रमेश गैह्रेले गरेका थिए भने सञ्चालक गर्जन पोष्ट का सहसम्पादक शिव डुम्रेले गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी