काठमाडौ ९ फागुन ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) को हुम्ला–काठमाडौँ सम्पर्क मञ्चको गठन भएको छ ।
शनिबार राजधानीको संवाद डबलीमा एक भेलाको आयोजना गरी कैलाश कार्कीको नेतृत्वमा २१ सदस्सीय
समिति चयन गरिएको हो ।
भेलालाई सम्बोधन गर्दै सङ्गठनका केन्द्रीय महासचिव दीपेन्द्र चलाउनेले हरेक हिसाबले पछाडी परेको कर्णाली अञ्चलको हुम्ला जिल्लाका विद्यार्थीहरु आफ्नो अधिकारका लागी राजधानीमा पनि संगठीत भएको प्रति खुशि व्यक्त गरे ।
महासचिव चलाउनेले विगतमा पनि हुम्ला जिल्लाले विद्यार्थी आन्दोलनमा ठूलो सघाउ पुराउदै आएको र आगामी समयमा पनि नयाँ पष्ता तत्पर रहनु सुखद
सम्भावना रहेको बताए ।
नयाँ कार्यसमितिमा मिलन बुढा उपाध्यक्ष, सचिवमा प्रेम बुढा, सह–सचिवमा शिवराज बुढा र कोशाध्यक्षमा लुना थापा चुनिएका छन् ।
त्यस्तै भेलामा अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदश्य तथा कर्णाली उपब्युरो संयोजक सिहं बुढा, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य कृष्ण विक र अनेरा स्ववियु हुम्ला–काठमाडौ सम्पर्क समिति उपाध्यक्ष भक्ति फडेराले पनि कार्यक्रमलाई संवोधन गरेका थिए ।