धार्मिक पदमार्ग निर्माण

धार्मिक पदमार्ग निर्माण

  • आइतवार, फाल्गुन ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

बेनी (म्याग्दी), ९ फागुन ।

म्याग्दीको प्रसिद्ध धार्मिकस्थलका रुपमा रहेको मालिका मन्दिर जोड्ने पदमार्ग निर्माण गरिएको छ ।

जिल्लाको विम गाविस–७ इल्पुबाट मन्दिरसम्मको करिब दुई किमी पदमार्ग निर्माण गरिएको हो ।

पर्यटन कार्यालय पोखराको रु पाँच लाख र विमवासीको रु दुई लाख बराबरको श्रमदानबाट उक्त पदमार्ग निर्माण गरिएको मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताउनुभयो ।

विम गाविसको ५, ६ र ७ नं वडा हुँदै मालिका मन्दिरसम्म जाने सो मार्ग स्थानीय स्रोतसाधनको प्रयोग गरी बनाइएको हो ।

समुद्र सतहदेखि करिब ३३ सय मिटरको उचाइमा अवस्थित मन्दिरमा दर्शन गर्न जाने भक्तजनलाई लक्षित गरी मन्दिर पुनःनिर्माण, पैदलमार्ग सरसफाइ, बस्ने स्थानसहितका पूर्वाधार विस्तार गरिएको छ ।

करिब डेढ मिटर फराकिलो पदमार्गले स्थानीयवासीलाई वन जङ्गलमा घाँस दाउरा ल्याउन जानसमेत सहज हुने समितिले जनाएको छ ।

कुहुँ, पाखापानी, दरबाङ र बिमबाट आवतजावत गर्न सकिने मन्दिरमा भौतिक पूर्वाधार निर्माणका लागि खच्चडबाट समान ढुवानीसमेत गरिएको छ ।

मन्दिरमा चण्डीपूर्णिमा सँगै वर्षको तीनपटक विषेश पूजा गरिने भए पनि आफ्नो अपेक्षा पूरा भएको भन्दै दैनिकजसो भक्तजन जाने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

मालिका, जालपा, कालिका देवीको शक्ति प्राप्त हुन्छ भन्ने जनविश्वासका साथ म्याग्दीका साथै बागलुङ, पर्वतलगायत देशका विभिन्न क्षेत्रबाट सर्वसाधारण मन्दिरमा पुग्ने गर्छन् । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी