क्रान्तिकारी पत्रकार संगठन ताप्लेजुङको अध्यक्षमा डी.बी. राई

क्रान्तिकारी पत्रकार संगठन ताप्लेजुङको अध्यक्षमा डी.बी. राई

  • शनिबार, फाल्गुन ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

८ फाल्गु्न, ताप्लेजुङ/ क्रान्तिकारी पत्रकार संगठन ताप्लेजुङको प्रथम जिल्ला सम्मेलन केन्द्रीय सदस्य तथा मेची अञ्चल इन्चार्ज आलोक माबोहाङ् लिम्बूको प्रमुख आतिथ्यतामा आज ताप्लेजुङको फुङलिङ बजारमा डी.बी. राईको अध्यक्षता रहेको १५ सदस्यीय जिल्ला संगठन समिति चयन गर्दै सम्पन्न भएको छ ।

जिल्ला सम्मेलनको अध्यक्षता अधिवेशन आयोजक समिति संयोजक डी.बी.राईले गरेका थिए भने प्रमुख अतिथि केन्द्रीय सदस्य तथा मेची अञ्चल इन्चार्ज आलोक माबोहाङ् लिम्बू रहेका थिए । प्रमुख अतिथि रहेका माबोहाङ्ले कुनै पनि संघ,संस्था, प्रशासनको दबाबमा पत्रकारितालाई अगाडि बढाउन नहुने, जुनसुकै जोखिम मोलेर पनि पत्रकार आचार संहिताको घेराभित्र रहेर सत्यतथ्यलाई जनता सामु प¥यानुपर्ने बताए ।

आज सम्पन्न अधिवेशनमा विभिन्न भाईचरा संगठन, राजनीतिक दल, यूवा संगठन, सरोकारवाला संगठन र पत्रकार महासंघ जिल्ला शाखा ताप्लेजुङको प्रतिनिधी तथा प्रमुखहरूको सहभागीता र शुभकामना मन्तब्य रोखेका थिए । शुभकामना मन्तब्य राख्ने क्रममा यूवा संघ नेपाल, ताप्लेजुङका सचिब तथा कार्यबाहाक अध्यक्ष सरोज एभेङले विशेष गरेर शहर र बजार केन्द्रित पत्रकारीतालाई गाउँ र जनता समक्ष विस्तार गर्नुपर्ने आवश्यक्ता रहेको र त्यसका लागि सम्पूर्ण सञ्चरकर्मीहरूले उतिकै भूमिका खेल्नु पर्ने बताए । संघीय लिम्बुवान पार्टी नेपालका प्रतिनिधी विष्णशेखर तुम्बाहाङफेले देशमा व्यप्त भ्रष्टचार र कालोबजारीलाई चिरफार गर्दै कुनै पनि पूर्वाग्रहबिना पत्रकारीता गर्नुपर्ने बताए ।

सन्तुलित, विश्वसनीय, पत्रकार आचार संहिताभित्र रहेर पत्रकारिता गर्नुपर्ने, राजनीतिक आस्था जस्तो भए पनि प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, जोखिमको सापना, श्रामजीवि पत्रकार ऐन प्रत्येक सञ्चार गृहलाई लागु गराउन सक्षम र सवल हुने विश्वास सहित कार्य सफलताको शुभकामना दिए । नेकपा माओवादी सहसचिव राजन, सचिब अशिष, अनेरास्ववियू (क्रान्तिकारी)का प्रजिन हाङबाङ, प्रेस यूनियनका आनन्द गौतम, क्रान्तिकारी पत्रकार संघ, आदिवासी जनजाती पत्रकार महासंघका प्रयास लिम्बू, अखिल शिक्षक संगठनका गणेश लंवा, प्रेस चौतारीका खगेन्द्र अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ