काठमाडौं, ८ फागुन ।
नेपाल–भारत सम्बन्ध विस्तार र विकासका लागि नौं वटा सम्झौता भएको छ । भारतको ६ दिने औपचारिक भ्रमणका क्रममा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सम्झौता पत्र आदान प्रदान गर्नुभएको हो ।
हैदरावाद हाउसमा भएको पत्रकार सम्मेलनमा नेपालको शान्ति, संवृद्धि र आर्थिक विकासमा आफूहरुको सहयोग र सद्भावन रहने मोदीले बताउनुभयो । नेपालको पुननिर्माणमा विशेष सहयोग गर्ने भारतले प्रतिबद्धता जनाएको छ । दुवै प्रधानमन्त्रीले खुला सीमाना एक अर्का देशका विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
दुई देशबिच ९ वटा सम्झौता भएको छ । भूकम्पछिको पुननिर्माण, नेपालको तराई क्षेत्रमा सडक विस्तार, नेपाल, भारत र बंगलादेश त्रिदेशी रेल मार्ग निर्माण, विद्युत् प्रशारण लाइन निर्माणलगायतका सम्झौता भएका छन् । त्यस्तै, नेपाल र भारतबीको सन्धि सम्झौता पुनरावलोकन गर्न विज्ञ समूह बनाउने सम्झौता पनि भएको छ ।