सुनसरीमा आगलागीबाट सात लाखको क्षति

सुनसरीमा आगलागीबाट सात लाखको क्षति

  • शनिबार, फाल्गुन ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

इनरुवा, ८ फागुन ।

सुनसरी सदरमुकाम इनरुवा– ७ स्थित पान पसलमा शनिबार बिहान ५ बजे आगलगी भएको छ ।

इनरुवा– ७ रामजी भवनको अगाडि राजनारायण साहको पान पसलमा आगलगी भएको हो । सो आगलागीमा पसलमा चाउचाउ, बिस्कुट, फ्रिजलगायतका सम्पूर्ण सामान पूर्णरुपमा जलेर नष्ट भएको छ ।
उक्त आगलगीमा रु सात लाख बराबरको क्षति भएको सुनसरीका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।

विद्युतीय तार सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । सो आगलागी इनरुवा नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानीबासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ