काठमाण्डौ, ७ फागुन ।
प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणका क्रममा शुक्रबार दिउँसो दिल्ली आइपुग्नुभएको छ ।
काठमाडौंको त्रिभुवन विमानस्थलबाट दिउँसो साढे तीन बजे उडेको ओली सवार नेपाल वायु सेवा निमगमको जहाज ४ बजेर ४५ मिनेटमा दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा अवतरण गरेको हो ।
प्रधानमन्त्रीलाई इन्दिरा गान्धी विमानस्थलमा भारतीय विदेशमन्त्री सुस्मा स्वराजले विशेष स्वागत गर्नुभयो । प्रमको स्वागतमा दिल्लीस्थित नेपाली राजदूता दीपकुमार उपाध्याय र उपप्रमुख कृष्ण ढकाल पनि विमानस्थल पुग्नुभएको थियो ।
त्यहाँबाट उहाँ भारत सरकारबाट उच्च सम्मानसहित बस्ने व्यवस्था मिलाइएको राष्ट्रपति भवनतर्फ लाग्नुभयो । ओली आजै साँझ नेपाली दूतावासबाट आयोजना गरिएको प्रजातन्त्र दिवसको विशेष कार्यक्रममा सहभागी हुनुहुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline