अनेरास्ववियुको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना हुदै

अनेरास्ववियुको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना हुदै

  • शुक्रबार, फाल्गुन ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौ ७ फागुन ।  

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको आगामी नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना आज हुदैछ ।

एमाले पार्टी केन्द्रिय कार्यलय दुम्बाराहीमा बिहान ११ बजेपछि मतगणना सुरु हुने अनेरास्ववियुले जनाएको छ । साँझसम्ममा मतपरिणाम सार्वजनिक गर्ने महासचिवका प्रत्यसी अब्दुल हुसेन खानले जानकारी दिनुभयो ।

अनेरास्ववियुको आगामी नेतृत्वका लागि राजधानीको कमलादीस्थित प्रज्ञाप्रतिस्ठानमा मतदान भएको थियो । पदाधिकारीसहित एक सय ४१ केन्द्रिय सदस्य चयनका लागि एक हजार ५ सय भन्दा बढी प्रतिनिधिले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।

नयाँ नेतृत्वका लागि संस्थापन पक्षबाट नबिना लामा र नेता माधवकुमार नेपाल पक्षबाट दिपक गौतम प्यानल बनाएर प्रतिस्पर्धामा थिए । प्रतिनिधि विवादका कारण बन्द सत्र अवरुद्ध भएपछि राष्ट्रिय सम्मलेन सुरु भएको एक सातापछि मात्र मतदान भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ