काठमाडौं, ७ फागुन ।
प्रहरीले हत्यामा संलग्न रहेका दुईजना फरार अभियुक्त ३५ वर्षपछि पक्राउ गरेको छ ।
सिन्धुपाल्चोक मांखा गाविस वडा नम्वर ७ र ३ का तत्कालीन प्रधानपञ्च जीतबहादुर तामाङको हत्याकाण्डमा संलग्न रहेर विस २०३७ सालबाट फरार दुई अभियुक्तलाई बाह्रबिसे प्रहरीले ३५ बर्षपछि पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई प्रहरीले सिन्धुपाल्चोक जिल्ला अदालतमा बुझाएको छ । हत्याकाण्डमा संलग्न रहेकाले सर्वोच्च अदालतले २०४८ असार १९ गतेको फैसला बमोजिम मांखा गाविसका ६४ वर्षीय खिकाप्रसाद तिमल्सिना र सोही ठेगाना भएका ६६ वर्षीय देवदोर्जे तामाङलाई जनही २० वर्ष कैद सजाय सुनाएको थियो ।
दुई फरार अभियुक्त हालसम्म फरार रहेको र बाह्रबिसेबाट खटिगएको प्रहरी टोलीले उनिहरुको घरबाट नै पक्राउ गरिएकोे इप्रका, बाह्रबिसेका प्रहरी निरीक्षक राजु पाण्डेले बताउनु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline