क्लासिकका कलाकार र निर्माण युनिट दर्शकसँगै हलमा

क्लासिकका कलाकार र निर्माण युनिट दर्शकसँगै हलमा

  • बिहिबार, फाल्गुन ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाण्डौ ।

फिल्म ’क्लासिक’को निर्माण युनिट तथा कलाकारसहितको टिमले देश दौडाहा सुरु गरेको छ । निर्माता सुबास गिरी र लिड अभिनेता आर्यन सिग्देलले पुर्बी नेपालको बिर्तामोडबाट यात्रा सुरु गरेका छन् ।

काठमाडौं तथा मोफसलमा दर्शकको उत्साहजनक साथ पाएको फिल्म निर्माण युनिट र कलाकारहरु सहितको टिमले दर्शकसँग प्रत्यक्ष रुपमा भेट गरी आत्मियता साट्न तथा सँगै बसेर फिल्म हेरी प्रतिक्रिया लिनको लागी मोफसल यात्रा सुरु गरेको हो । ’क्लासिक’ टिम बिर्तामोड, दमक, ईटहरी, धरान, हेटौँडा हुँदै नारायणगढ जानेछ ।

नारायणगढमा निर्माता र अभिनेता आर्यन सहितको टिमसँग निर्देशक दिनेश राउत र अभिनेत्री नम्रता श्रेष्ठ छन् ।उनीहरुले चितवनमा दर्शकसँगै फिल्म हेर्नेछन् अनि प्रतिक्रिया लिनेछन् । त्यसपश्चात क्लासिक टिमले बुटवलहुँदै पोखरा पुगेर मोफसल यात्रा सकाउनेछ ।

बक्स अफिसमा हिट भईसकेको फिल्म करोड क्लबमा प्रवेश गरिसकेको छ । पहिलो हप्तामा पाएको दर्शकको साथ तुलनात्मक रुपमा दोश्रो हप्तामा पनि पाउने आशामा निर्माण युनिट छ । दृष्टिबिहिनहरुको प्रेम कथा बोलेको फिल्ममा आर्यन र नम्रता लिड रोलमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी