काठमाण्डौ ,६ फागुन ।
मात्तिएर हो कि ….? चर्चित सर्जक ऋषि खड्काको नयाँ लोक दोहोरी गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ ।
भिडियोमा हट मोडलको रुपमा चिनीदै आएकी पार्वतीलाई पनि राम्रो प्रस्तुतिका साथ दर्शकले हेर्न पाउने छन् । जिस्कि जिस्कि भनेको
रातो पिरो भयौ कान्छा आत्तिएर होकी ? भन्दै पार्वतीले दर्शकलाई पनि निक्कै मोहित बनाउने प्रयास गरेकी छिन् ।
पछिल्लो समयमा निकै चर्चित बनेका गायक ऋषि खड्का र कृष्णा गुरुडको स्वर रहेको उक्त गितको म्युजिक भिडियोले रिलिजकै दिनमा राम्रो प्रतिक्रिया पाएको छ ।
झण्डै दुई ,सय गितमा आफ्नो शब्द , संगित तथा स्वर दिएका ऋषि यो गितबाट निकै आशाबादी रहेको बताउछन् ।
बिशेषत पछिल्लो समयमा स्टेज टार्गेट गितमा सर्जक तथा गायक गायिका केन्द्रित भईरहेको अवस्थामा आफुले पनि व्यावसायिक रुपमा अगाडी बढ्नका लागि पनि यस किसिमको गित गाएको बताउछन् ।
किसन गर्वुजा र पार्व्ति राईको कामुक अभिनय रहेको उक्त गितमा चिरन पुन र किसन गर्वुजा शब्द तथा लगानी रहेको छ । उक्त भिडियोलाई सप्तऋषि म्युजिकबाट बजारमा ल्याईएको छ ।
भिडियो हेर्नुहोस्