साना सिँचाइ आयोजना

साना सिँचाइ आयोजना

  • बिहिबार, फाल्गुन ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

भद्रपुर, ६ फागुन ।

जिल्ला कृषि विकास कार्यालयले चालु आवमा साना सिँचाइ आयोजनामा रु ४५ लाख ४५ हजार खर्च गर्ने भएको छ । जिल्ला भरिबाट मोटर बोरिङका लागि ८६, पम्पसेटका लागि १७, इनार बोरिङका लागि ६, सतह सिँचाइका लागि ११ र पाइप विस्तारका लागि दुई वटा कृषकबाट निवेदन परेको थियो । कृषि विकास समितिको सभापति स्थानीय विकास अधिकारी खेमराज ओझाको अध्यक्षतामा आज बसेको बैठकले बोरिङ पम्पसेटका लागि १५ जनालाई रु ५० हजारका दरले तथा बोरिङ मोटरका लागि ४४ जनालाई रु ४० हजार दरले अनुदान दिने निर्णय गरेको छ ।

सतह सिँचाइ पाइप खरिद सात जनालाई रु एक लाखका दरले, इनार बोरिङ दुई जनालाई रु ७० हजारका दरले, इनार बोरिङ घर निर्माण मोटरको लागि दुई वटाका लागि रु ९० हजार, सहकारीमा रु दुई लाख ८५ हजार र सहकारी योजनामा दुई वटामा रु ८४ हजार अनुदान दिने निर्णय भएको छ । अनुदानले पम्पसेट बोरिङबाट ६० बिगाहा, मोटर बोरिङबाट २१० बिगाहा, सतह सिँचाइबाट चार हजार बिगाहा र इनार बोरिङबाट ३० बिगाहा खेतीमा सिँचाइ सुविधा पुग्ने वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमल्सेनाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी