जीपले बसलाई ठक्कर दिँदा तीन जनाको मृत्यु, २० घाइते

जीपले बसलाई ठक्कर दिँदा तीन जनाको मृत्यु, २० घाइते

  • बिहिबार, फाल्गुन ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, ६ फागुन ।

बुटवलमा सवारी दुर्घटना हुदा तीन जनाको मृत्यु भएको छ । अन्य २० जना घाइते भएका छन् ।

गएराति पूर्वपश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवल–१५ ढवाहामा रोकिराखेको जन्तीसवार लु १ ख ४१९५ नम्बरको बसलाई पछाडीबाट आएको बा १३ च ३०६३ नम्बरको जीपले ठक्कर दिँदा स्वो दुर्घटना भएको हो ।

दुर्घटना परि जिपमा सवार दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मृत्यु हुनेमध्ये दाङ लालमटिया– ८ की ५ वर्षीया बालीका पवित्रा घर्ति, नवलपरासी रतपुर छ का २२ बर्षीया दुर्गा सारु र सोहि ठाउका २३ बर्षीया दिनेश सिञ्जाली रहेका छन ।

घाइतेहरुमध्ये चार जनाको अवस्था गम्भिर रहेको र उनिहरुको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेकोे छ ।

यस्तै काठमाडौंबाट सिन्धुपाल्चोकको कात्तिके जाँदै गरेको बा २ ख २७०२ नम्बरको यात्रु बस बराम्ची गाविसको गुह्यखोलामा हिजो राति नै दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय जलवीरेका अनुसार मृत्यु हुनेहरूमा सिन्धुपाल्चोक गुम्बा गाविस–६ की ४६ वर्षीया माइली तामाङ र बराम्ची गाविस–६ का बाबा साङबो तामाङ छन्।

घाइते ८ जनालाई उपचारका लागि काठमाडौं ल्याइएकोमा २ को अवस्था गम्भीर रहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ