नयाँ नेतृत्वका लागि मतदान प्रक्रिया सुरु

नयाँ नेतृत्वका लागि मतदान प्रक्रिया सुरु

  • बुधबार, फाल्गुन ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौँ, ५ फागुन । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज साँझबाट मतदान प्रक्रिया सुरु भएको छ ।

निर्वाचन कमिटीले १७ पदाधिकारीसहित १४२ सदस्यीय समितिका लागि प्रज्ञा–प्रतिष्ठानमा मतदानको व्यवस्था मिलाएको हो । विद्यार्थीका विभिन्न समूहका विवाद टुङ्गो सहमतिमा लगाएपछि मतदान सुरु गरिएको र मतदान आज रातिसम्म चल्नेछ ।

मतदानका लागि १८ वटा मतदान केन्द्र बनाइएको छ । एक पटकमा १२० जनाले मतदान गर्नसक्ने व्यवस्था गरिएको छ । उक्त प्रक्रियामा देशभरबाट आएका एक हजार ५९७ मतदाताले मतदान गर्ने सङ्गठनका प्रवक्ता आरसी लामिछानेले जानकारी दिनु भयो ।

मतदानको गणनाका लागि अध्यक्ष मण्डलले मतदान प्रक्रिया सम्पन्न भएपछि विद्यार्थीबीच समझदारी कायम गरी आवश्यक नियम बनाउने र गणना गर्नेछ । बिहीबारदेखि जारी सम्मेलन समयमा सम्पन्न हुन नसकेका कारण आजसम्म लम्बिएको हो । तीनदिनमा रु ५० लाखको लागतमा सम्पन्न गर्ने योजना रहेको सम्मेलन प्रतिदिन रु २० लाखका दरले खर्च थपिएको बताइएको छ ।

वर्तमान उपाध्यक्ष दीपक गौतम र महासचिव नवीना लामाको समूहका बीच सङ्गठनको अध्यक्षमा प्रतिष्प्रर्धा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ