खोलियो धरहरा पुनःनिर्माणको खाता

खोलियो धरहरा पुनःनिर्माणको खाता

  • बुधबार, फाल्गुन ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौँ, ५ फागुन । ‘मै बनाउँछु मेरो धरहरा’ अभियानअन्तर्गत धरहरा पुनःनिर्माण कोषको आज राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिएको छ ।

थापाथलीस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले १४३०००१९८००१ नम्बरको खाता खोलेको हो ।

खातामा प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिनामा पाउने पारिश्रमिक रु ६१ हजार ८२० जम्मा भएको प्राधिकरणका कामु सचिव मधुसुदन अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्रीले सबैभन्दा पहिल रकम जम्मा गर्नु भएको छ ।

मङ्गलबार सुन्धारास्थित धरहरा परिसरमा आयोजित ऐतिहासिक धरोहर पुनःनिर्माण राष्ट्रिय सङ्कल्पको औपचारिक रुपमा प्रधानमन्त्री ओलीले सुरुवात गर्नुभएको थियो ।

सोही कार्यक्रममै धरहरा निर्माण जनताको खर्चबाट बनाउने उद्घोष गर्दै धरहराको पुनःनिर्माणका लागि आफूले एक महिनाको पारिश्रमिक दिने घोषणा गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ