संसद्को चालु अधिवेशन अर्थपूर्ण : सभामुख

संसद्को चालु अधिवेशन अर्थपूर्ण : सभामुख

  • बुधबार, फाल्गुन ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, ५ फागुन ।

सभामुख ओनसरी घर्तीले नेपालको संविधान कार्यान्वयनका दिशामा संसद्को चालु अधिवेशन अर्थपूर्ण रहेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो – “संविधान कार्यान्वयन गर्न आवश्यक पर्ने ऐन, नियम बनाउने कार्यमा संसद् अगाडि बढेको छ ।” संसद् भवन नयाँ बानेश्वरमा आज आयोजित पत्रकार सम्मेलनमा सभामुख घर्तीले संसद् बैठक सञ्चालनका लागि राजनीतिक दलबाट प्राप्त सहयोगका लागि धन्यवादसमेत दिनुभयो ।

संविधानसभाबाट रुपान्तरित व्यवस्थापिका–संसद्को चालु अधिवेशन गत असोज १५ गतेदेखि सुरु भएको थियो । अधिवेशन आज राति अन्त्य हुँदैछ । यसबीच ४१ दिनमा ४४ पटक बैठक बसेको थियो । यही अधिवेशनबाट राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुख निर्वाचित भए । अधिवेशनको पहिलो बैठकले आफ्नो कार्यविधि (व्यवस्थापिका–संसद्को अन्तरिम कार्यविधि, २०७२) पारित गरेको थियो । सदनमा प्राप्त ३८ विधेयकमध्ये छ वटा भयो ।

उहाँका अनुसार चालु अधिवेशनले भूकम्प पुुनःनिर्माणसम्बन्धी विधेयक सर्वसम्मत रुपमा पारित गरी महत्वपूर्ण काम अगाडि बढाएको छ । सभामुख पद सम्हालेको पाँच महिनाको अवधि कस्तो अनुभव गर्नुभयो ? भन्ने सञ्चारकर्मीको एक जिज्ञासामा उहाँले राजनीतिक दलहरुको सहयोगले गर्दा आइपरेका समस्या समाधान गरी अगाडि बढ्न सहज भएको जवाफ दिनुभयो ।

सभामुख घर्तीले जनताका समस्या सम्बोधन गर्न बन्ने विधेयकलाई दिनरात नभनी आगामी दिन सदनले अगाडि बढाउने विश्वास पनि व्यक्त गर्नुभयो ।

संसद नियमावली आगामी अधिवेशनको पहिलो बैठकमा आउने उहाँको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ