९ करोड वजेट पारित गर्दै प्रथम नगर परिषद सम्पन्न

९ करोड वजेट पारित गर्दै प्रथम नगर परिषद सम्पन्न

  • बुधबार, फाल्गुन ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

जाजरकोट, ५ फागुन ।

भेरी मालिका नगरपालीकाको प्रथम नगर परिषदले ९ करोडको वजेट पारित गर्दै वुधवार सम्पन्न भएको छ ।
परिषदले सरकारी तथा गैर सरकारी निकायवाट प्राप्त हुने अनुदानलाई ९ करोडको वजेटिङ्ग गरेको हो । सम्पन्न प्रथम नगर परिषदले आन्तरिक श्रोतवाट २३ लाख, नेपाल सरकारवाट नगरपालीकालाई प्राप्त हुने अनुदान ४ करोड ३५ लाख १७ हजाार, जिल्ला विकास मार्फत प्राप्त हुने ३ करोड ५२ लाख, ५३ हजार ६ सय, सरकारी विषयगत कार्यालयवाट प्राप्त हुने २२ लाख २२ हजार, गैरसरकारी विषयगत निकायवाट प्राप्त हुने एक करोड ५५ लाख ६७ हजार गरि जम्मा ९ करोड ८८ लाख ५९ हजार ६ सय को वजेट पारित गरेको निमित्त कार्यकारी अधिकृत तुलाराम गिरीले वताए ।

जिल्लाको एक मात्र नगरपालीकाको प्रथम नगर परिषददले पारित गरेका योजना तथा वजेटको प्रस्तुतीकरण गर्दै अधिकृत गिरीले आन्तरिक श्रोतवाट लक्षित वर्गतर्फ ३ लाख ६८ हजार, आर्थिक सामाजिक तथा भौतिक पूर्वाधार तर्फ ५ लाख ५२ हजार, प्रवद्र्धनात्मक लगानीका क्षेत्रमा ५२ हजार पारित गरेको जानकारी दिए ।
त्यसैगरि नेपाल सरकारवाट प्राप्त निशर्त पूंजीगत अनुदानवाट आयोजना व्यवस्थापन तर्फ ५ लाख ४० हजार, लक्षित वर्ग विकास कार्यक्र तर्फ ६९ लाख ८४ हजार निशर्त पूंजीगत अनुदान तर्फ एक करोड ७४ लाख ६० हजार पारित वताए । महिला लक्षित कार्यक्रममा १७ लाख ४६ हजार, वालवालिका लक्षित कार्यक्रमा २६ लाख १९ हजार, पिछडिएका अन्य समुदाय लक्षित कार्यक्रममा २६ लाख १९ हजार पारित गरेको छ उनले भने ।
आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधार तर्फ ६८ लाख ९ हजार ४ सय, प्रवद्र्धनात्मक लगानीका क्षेत्रमा ३६ लाख ६६ हजार ६ सय, नगद साझेदारी तर्फ ८७ लाख १७ हजार र नेपाल सरकारको सशर्त पूंजीगत अनुदान तर्फ एक करोड ३० लाख विनियोजन गरिएको गिरीले वताए ।

त्यसैगरि नगर परिषदले वार्षिक करको दायरा निर्धारण गरेको छ । जसमा विभिन्न खाले पसलहरु, होटल, रेष्टुरेन्ट, पेट्रोल, डिजल, मट्टितेल विक्रेता, चुरोट विडी जस्ता सुर्तिजन्य पदार्थका एजेन्सी, यातायात व्यवसायी समिति, मदिरा तथा पेय पदार्थ विक्रेता, स्वदेशी तथा विदेशी काँचो तथा फेन्सी कपडा विक्रेता, श्रृङ्गार पसल, किराना तथा खाद्यान्न पसल, भाँडा पसल, ग्याँस डिलर, डिसलाईन तथा अन्य केवल व्यवसाय, काठ वा स्टील फर्निचर उद्योग, कुटानी पिसानी मिल, छाला जुत्ता पसल, मलखाद विउ विजन पसल, चाउमिन उद्योग, मोटरसाईकल वित्रिः तथा मर्मत पसल, विद्युत सामाग्री विक्रि पसल,ग्रिल उद्योग, मोवाईल विक्रि तथा मर्मत पसल, कम्प्युटर विक्री पसल, औषधी थोक विक्री पसल, सहकारी तथा सामुदायिक दन्त उपचार केन्द्रनिजी चिकित्सालय तथा दन्त उपचार केन्द्र, माछा मासु विक्री पसल, डेरी, सिलाई कटाई पसल, छापाखाना, फोटो स्टुडियो, आर्ट सेन्टर, फोटो कपि, लेमिनेसन सेवा, कम्प्युटर इन्स्टिच्युट, ट्युसन सेन्टर, लेखापढी व्यवसाय, सवै खाले वित्तिय सेवा, निर्माण व्यवसाय, लेखा परिक्षण व्यवसायी, कानुन व्यवसायि, नोटरी पव्लिक, साधारण लेखापढी व्यवसायी, चस्मा पसल, स्टेस्नरी, सुनचादी पसल, वैदेशिक रोजगार कम्पनी, प्राविधिक तथा सामाजिक परामर्श केन्द्रहरु पर्ने भएका छन् । त्यसैगरि नगरपालीकावाट प्रदान गरिने सेवा सुल्कमा पनि वृद्धी गरिएको छ ।

७२ असोज १ गते मन्त्री परिषदको निर्णयवाट घोषणा भएको नगर पालीको प्रथम नगर परिषदको पानसमा वत्ति वालेर माननिय सांसद रिता रावलले उद्घाटन गरेकी थिईन् । गत आसोज २५ गते नगर पालीकाको कार्णलय उद्घाटन गरेका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, माननिय जिल्ला न्याधिष लिलाधर अधिकारी, स्थानिय विकास अधिकारी ईन्द्र गौतम लगाएतका राजनैतिक दलका प्रमुख तथा प्रतिनीधिहरुले परिषद सफलताको शुभकामना मन्तव्य रा खेका थिए । परिषद नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको सभाहलमा सम्पन्न भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी