आर्थिक गणनाका लागि जापानको सहयोग

आर्थिक गणनाका लागि जापानको सहयोग

  • बुधबार, फाल्गुन ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, ५ फागुन ।

मुलुकको आर्थिक गणनाका लागि जापान सरकारले नेपाललाई प्राविधिक सहायता उपलब्ध गराउने भएको छ ।

आर्थिक गणनाका लागि केन्द्रीय तथ्याङ्क विभागको क्षमता अभिवृद्धि गर्न जापानी सहयोग नियोग (जाइका)ले आगामी पाँच वर्षका लागि प्राविधिक सहयोग उपलब्ध गराउन लागेको हो ।

प्राविधिक सहायता उपलब्ध गराउनेसम्बन्धी समझदारीपत्रमा आज विभागमा आयोजित एक कार्यक्रममा यहाँस्थित जाइकाका प्रमुख प्रतिनिधि चुतोमु सिमीजु र विभागका महानिर्देशक सुमनराज अर्यालले हस्ताक्षर गर्नुभयो ।

विभागले सन् २०१८ मा आर्थिक गणना पूरा गर्ने लक्ष्यका साथ काम थालेको छ । सोही सन्दर्भमा तथ्याङ्को प्रशोधन, विश्लेषणलगायत कामका लागि जाइकाले प्राविधिक सहयोग गर्न लागेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी