लागुऔषधसहित एकै घरका बाबुछोरा पक्राउ

लागुऔषधसहित एकै घरका बाबुछोरा पक्राउ

  • बुधबार, फाल्गुन ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

दाङ, ५ फागुन ।

दाङमा प्रहरीले दुई किलो ५०० ग्राम लागुऔषध चरेशसहित एकै घरका बाबुछोरालाई नियन्त्रणमा लिएको छ । घोराही नगरपालिका–७ डुम्मरगाउँ प्रगतिटोलका ४७ वर्षीय नगेन्द्र बूढा र २३ वर्षीय छोरा ठाकुरप्रसाद बूढालाई मङ्गलबार राति दुई किलो ५०० ग्राम चरेशसहित नियन्त्रणमा लिएको दाङका प्रहरी प्रमुख कुबेर कडायतले जानकारी दिनुभयो ।

चरेश राखेको भन्ने सूचनाका आधारमा प्रहरीले छापामार्दा शौचालयको छानामा लुकाई राखेको अवस्थामा उक्त चरेश फेला परेपछि बाबुछोरालाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । प्रहरीका अनुसार यसअघि पनि अहिले पक्राउ परेका ठाकुरप्रसाद र उनका आमा चरेशकै मुद्दामा सजाय भोगेर छुटेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ