काठमाण्डौ,५ फागुन ।
नेपाल बायु सेवा निगमले भोलिदेखि लागु हुने गरी आन्तरिक उडानतर्फको बिमान भाडा घटाएको छ । देशका विभिन्न गन्तब्यमा पुग्दा लाग्ने भाडामा ६ सय रुपैयाँदेखि २१ सय रुपैयाँसम्म भाडा घटाएको निगमले जनाएको छ ।
आयल निगमले मंगलबार रातिदेखि लागु हुने गरी हवाइ इन्धनको आन्तरिक उडान तर्फको मूल्यमा प्रति लिटर ५५ रुपैयाँ घटाएपछि बिमान भाडा पनि समायोजन गरिएको हो ।
धनगढी पुग्दा लाग्ने भाडामा २ हजार १ सय ३५ रुपैयाँ घटेको छ भने नेपालगञ्जको भाडामा १ हजार ६ सय १५, भैरहवामा १ हजार १ सय ३५, पोखरामा ९ सय ३० र भरतपुरमा ७ सय २० रुपैयाँ भाडा घटेको बताइएको छ ।
हवाइ इन्धन १ सय ९ रुपैयाँमा पाइने भएपछि निजी विमान कम्पनीहरुले भोलिदेखी लागु हुनेगरी आन्तरिक हवाई रुटमा भाडा घटाएका हुन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline