काठमाण्डौ ,५ फागुन ।
सरकारले आजदेखि भारतबाट ८० मेगावट विद्युत आयत गर्दैछ । ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आज देखि ८० मेगावाट विद्युत् ल्याउन लागिएको हो ।
भारतबाट विद्युत आयतसँगै नेपाल बिद्युत प्राधिकरणले दैनिक दुई घण्टा लोडसेडिङ घटाउने तयारी गरेको छ । भारतबाट खरिद गरेको बिजुलीको मूल्य प्रतियुनिट ७ रुपैयाँ ३ पैसा पर्ने भएको छ ।
विद्युत् प्राधिकरण र भारत सरकारको नोडल एजेन्सी एनभीभीएनबीच बिजुली खरिद बिक्री सम्बन्धी सम्झौता भएपछि आजबाट उक्त परिमाणको विद्युत केन्द्रिय प्रशारण लाइनमा जोडिने भएको हो ।
भारत सरकारले प्रधानमन्त्री केपी ओलीको नयाँदिल्ली भ्रमणका अवसरमा शुक्रबारदेखि औपचारिक रूपमा नेपाललाई बिजुली निर्यात गरेको घोषणा गर्नेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline