काठमाडौं ,४ फागुन ।
प्रधानमन्त्री केपी ओलीले आफ्नो भारत भ्रमण राष्ट्रिय हितमा हुने बताउनु भएको छ ।
व्यवस्थापिका संसदमा आफ्नो भारत भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भ्रमणलाई राष्ट्रिय हितका पक्षमा बनाउने बताउनु भयो ।
भ्रमणपछि नेपाल र भारतबीच देखिएका असमझदारी अन्त्य हुने दाबी गर्दै उहाले विगतमा केही अप्रिय लाग्ने घटना भएपनि त्यसलाई मित्रवत बनाउन भ्रमणलाई उपयोग गर्ने बताउनु भयो । ’मेरो भारत भ्रमण मुख्य रुपमा भारतसँगको सम्बन्धलाई मित्रवत बनाउने दिशामा केन्द्रित रहन्छ,’ प्रधानमन्त्री ओलीले भने,’ विगतमा केही अप्रिय लाग्ने घटना भएपनि त्यसलाई नयाँ शीराबाट पारस्परिक लाभ र सहयोगका आधारमा अगाडि बढाउन चाहन्छौं।’
उहाले भन्नुभयो ’हामी पछाडि फर्कने होइन अगाडि बढाउने गरी सम्बन्ध सुधारको पक्षमा छौं,’ उनले भने,’ सम्बन्ध सुधार पारस्परिक लगानी र प्राकृतिक स्रोत साधनको उपयोग गर्नपनि दुई देशबीचको समबन्ध सुमधुर हुन आवश्यक छ।’
प्रमुख तीन दल मधेसी मोर्चाबीच मधेसका समस्या समाधान गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरी सीमाकंनलगातका विषयमा सहमति गर्ने यसअघि नैसहमति भइसकेको छ।
प्रधानमन्त्री ओलीले सहमतिका आधारमा नै सीमाकंनलगायतका विषयमा समाधान खोज्ने काम भइरहेको बताउनुभयो ।