सामाजिक समितिको बैठकमा कोइरालाप्रति शोक प्रस्ताव

सामाजिक समितिको बैठकमा कोइरालाप्रति शोक प्रस्ताव

  • मङ्लबार, फाल्गुन ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौँ, ४ फागुन ।

व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिले समितिका सदस्य एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

सभापति सुशील श्रेष्ठको अध्यक्षतामा बसेको समितिको आजको बैठकले कोइरालाको असामयिक दुःखदमा निधन शोक प्रकट गर्दै उहाँको आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

विसं २०४८ र २०५६ मा काँग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य, २०७० सालको संविधानसभा निर्वाचनमा बाँके क्षेत्र नं ३ र चितवन क्षेत्र नं ४ बाट निर्वाचित सदस्य र व्यवस्थापिका–संसद्मा प्रमुख प्रतिपक्ष दलका नेता कोइरालाको गत माघ २६ गते बिहान १२.५० निधन भएको थियो ।

नेपालको संविधान निर्माण गर्ने अभियानमा तत्कालीन प्रधानमन्त्रीको हैसियतले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका कोइराला नेपाली राजनीतिमा सादा जीवन र स्वच्छ छवि कायम राख्ने नेताका रुपमा परिचित हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ