एतिहासिक धरोहर पुनरनिर्माण राष्ट्रिय संकल्प अभियान आजबाट सुरु हुदै

एतिहासिक धरोहर पुनरनिर्माण राष्ट्रिय संकल्प अभियान आजबाट सुरु हुदै

  • मङ्लबार, फाल्गुन ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौ ४ फागुन ।

गत वैशाख १२ को विनाशकारी भूकम्पबाट क्षतिग्रस्त राष्ट्रिय सम्पदा तथा ऐतिहासिक धरोहरको पुनर्निर्माणका लागि सरकारले आजबाट एतिहासिक धरोहर पुनरनिर्माण राष्ट्रिय संकल्प अभियान सुरु गर्दैछ ।

अभियानको आज अपरान्न चार बजे सुन्धारास्थित पहिले धरहरा भएको स्थानबाट प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

भूकम्पबाट ध्वस्त एतिहासिक महत्वका सम्पदा पुनरनिर्माणमा नागरिक सहयोग लिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयोजकत्वमा राष्ट्रिय संकल्प उदुघोष गर्न लागेको हो ।

भूकम्पका कारण क्षतिग्रस्त राष्ट्रिय सम्पदा निर्माणका क्रममा सरकारले धरहरा निर्माणका लागि सार्वजनिक आह्वान गर्ने तयारी समेत गरेको छ ।

पुरातत्व विभागका अनुसार वैशाख १२ को भूकम्पले मुलुकभर १२ अर्व रुपैयाँ बराबारको सम्पदा ध्वस्त बनाएको छ । त्यसमध्ये सबैभन्दा धेरै उपत्यकामा क्षतिग्रस्त भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ