काठमाडौ ३ फागन ।
अर्घाखाँचीको खाँचीकोटमा गएराति भएको सवारी दुघृटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
जिल्लाको नरपानीबाट खाँचीकोटका लागि छुटेको मे १ च १६७५ नम्बरको ट्याक्सी सन्धिखर्क नगरपालिका–८ खाँचीकोटको बाग्मारामा दुर्घटना हुँदा सन्धिखर्क नरगरपालिका–१ का टंकबहादुर रायमाझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले जनाएको छ ।
दुर्घटनामा सन्धिखर्कका उमेश भुसाल, मेगबहादुर पाण्डे र चितवनका सन्तोष गुरुङ घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline