काठमाडौ ३ फागुन ।
ताप्लेजुङमा पछिल्लो वर्ष सुन्तला उत्पादनमा ह्रास आएको छ । यो वर्ष सुन्तला उत्पादन करिव २५ प्रतिशतले घटेको जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङले जनाएको छ ।
विगतका वर्षहरुमा राम्रो उत्पादन हुँदै आएको सुन्तला पछिल्ला वर्षहरुमा विभिन्न रोग तथा कीराको प्रकोप साथै आवश्यक खेती व्यवस्थापन हुन नसक्दा उत्पादनमा ह्रास आएको हो ।
जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका अनुसार यस वर्ष गत वर्षको तुलनामा २५ प्रतिशतले उत्पादन घटेको छ भने गत वर्ष अघिल्लो वर्षको तुलनामा आठ दशमलब ३३ प्रतिशतले उत्पादन घटेको थियो ।
जिल्लामा एक हजार छ सय ८२ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुने गरेकोमा यो वर्ष छ हजार नौ सय ३८ मेट्रिक टन उत्पादन भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline