सुर्खेतमा महिलालाई जलाएर हत्या

सुर्खेतमा महिलालाई जलाएर हत्या

  • आइतवार, फाल्गुन २, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

सुर्खेत, २ फागुन ।

पूर्वी सुर्खेतमा महिलालाई जलाएर हत्या गरिएको छ । भेरीगंगा नगरपालिका(१४ निवासी ४३ वर्षीया गंगा थापालाई जलाएर हत्या गरिएको रहस्य खुलेको छ

भाइलाई भेट्न माइती आएकी कल्याण पुगेकी थापालाई गत माघ १४ गते स्थानीय स्याउली बजारमा जलाइएको भएपनि घटना ढिला मात्र बाहिर आएको हो । मृतक गंगाको शरीरको ९० प्रतिशत भाग जलेको छ ।

हत्याको आरोपमा प्रहरीले कल्याण निवासी ललिता कालुङ्गलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामघाटले ललितासँगै गोविन्द थापा, डिलबहादुर कालुङ्ग र रमेश विकलाई पनि पक्राउ गरेको भएपनि ललिताले आफू मात्र घटनामा संलग्न भएको बताएपछि प्रहरीले बाँकी तीन जनालाई तारिखमा छोडेको छ ।

प्रहरीले हत्यामा संलग्नहरुलाई कारबाही गर्न आलटाल गरेको भन्दै मृतकका आफन्तहरु न्याय माग्दै आइतवार सदरमुकाम वीरेन्द्रनगर आएका छन् । उनीहरुले गंगाको हत्यामा अन्य व्यक्तिहरु पनि संलग्न रहेको भन्दै सबैलाई कारबाही गर्न माग गरेका छन् ।

ललिता एक्लैले हत्या गर्न नसक्ने भन्दै पीडितहरुले अन्यलाई पनि कानूनी दायरमा ल्याउन माग गरे । माघ १४ गते गंगालाई शरिर पुरै जलेको अवस्थामा आफन्तले उद्धार गरेर वीरेन्द्रनगरमा रहेको क्षेत्रीय अस्पतालमा भर्ना गरेका थिए । उपचारकै क्रममा गंगाको माघ १७ गते अस्पतालमै मृत्यु भएको परिवारले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ