काँग्रेसको महाधिवेशन उद्घाटन खुलामञ्चमा,बन्दसत्र भृकुटिमण्डपमा

काँग्रेसको महाधिवेशन उद्घाटन खुलामञ्चमा,बन्दसत्र भृकुटिमण्डपमा

  • आइतवार, फाल्गुन २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, २ फागुन । नेपाली काँग्रेसको १३औँ महाधिवेशनको उद्घाटन खुलामञ्चमा र बन्दसत्र प्रदर्शनीमागस्थित भृकुटीमण्डपमा हुने भएको छ ।

दलका पदाधिकारी, काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्य र महाधिवेशन तयारीका लागि गठन गरिएका १३ विभिन्न समितिका संयोजकको आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।

“यसअघि महाधिवेशनको उद्घाटन समारोह दशरथ रङ्गशालामा गर्ने जनाईएको थियो तर आजको बैठकमा खुलामञ्चमा गर्न उचित हुने सुझाव आएपछि आजै निरीक्षण गरिएको छ, । निरीक्षणपछि कुरा गर्दै केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले निरिक्षणपछि खुलामञ्च नै उद्घाटनका लागि उपयुक्त छ भन्ने निष्कर्षमा पदाधिकारी पुगेको बताउनु भयो ।

सभापति सुशील कोइरालाको गत माघ २६ गते निधन भएपछि माघ मसान्तसम्म जिल्ला अधिवेशनलगायत महाधिवेशन तयारीका काम स्थगन गरिएको थियो । काँग्रेस महाधिवेशनको तयारीका विषयमा सभापति कोइरालाको निधनपछि आज पहिलो पटक औपचारिक बैठक बसेको थियो ।

बैठकमा महाधिवेशनको व्यवस्थापन, निर्वाचन, स्वयम्सेवकलगायत विषयमा छलफल भएको र महाधिवेशन उद्घाटनको एक साता अगावै सबै तयारी सम्पन्न गर्ने गरी काम गरिने निर्णय समेत भएको केन्द्रीय सदस्य जोशीले जानकारी दिनुभयो । सभापति कोइरालाको आकस्मिक निधनले केही दिन महाधिवेशन तयारीका काममा बाधा पुगे पनि यही फागुन २० गते उद्घाटन गर्न भ्याउने गरी काम अघि बढेको काँग्रेसले जनाएको छ ।

बैठकपछि सञ्चाकर्मीसँग कुरा गर्दै महामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशन सबैको सहमतिमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । आजको बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने नीति तथा कार्यक्रमका विषयमा पनि सामान्य छलफल भएको छ ।

कावा सभापति रामचन्द्र पौडेलको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र सिटौलालगायत नेता, उपलब्ध केन्द्रीय सदस्य एवम् तयारी गर्न गठन गरिएका १३ समितिका संयोजकको सहभागिता थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ