जबरजस्त सडक खन्न लामाले गरे स्थानीयमाथि आक्रमण, प्रहरी मुख दर्शक

जबरजस्त सडक खन्न लामाले गरे स्थानीयमाथि आक्रमण, प्रहरी मुख दर्शक

  • आइतवार, फाल्गुन २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

रामेछाप  ,२ फागुन ।

स्थानियकाे जग्गा मिचेर जबरजस्त सडक खन्ने पक्षको आक्रमणमा परी एक दर्जन घाइते भएका छन् ।

जिल्लाको लखनपुर गाविस–९ स्थित पुँडीमा आइतबार बिहान ठेक्का–पट्टामा संलग्न मानबहादुर लामाले व्यक्तिगत पैसा लगानीमा स्काभेटर लगाएर स्थानीयको खेतबारी भत्काउन शुरु गरेपछि नभत्काउन सम्झाईबुझाई गर्न आइपुगेका जग्गाधनी र स्थानीयमाथि केही मान्छे लगाएर आक्रमण गर्न लगाउँदा स्थानीय घाइते भएका हुन् । उनीहरुले प्रहरीकै अगाडि आक्रमण गरेका थिए ।

प्राप्त समाचारअनुसार आक्रमणबाट ४ वर्षीय बालकदेखि ८० वर्षीया वृद्धा सख्त घाइते भएका छन् । आक्रमणमा परी गैरीटोलका स्थानीय २५ वर्षीया सोमली तामाङ, ६० वर्षीया माइली तामाङ, ४० वर्षीया चिनीमाया तामाङ, ८० वर्षीया सुकरानी डोल्मा घिसिङ, १८ वर्षीय छ्योइसाङ तामाङ, ४८ वर्षीय सुर्यलाल तामाङलगायत एक दर्जन छन् ।

लामा नेतृत्वको समूहले महिला बालबालिकामाथि अन्धाधुन्धा आक्रमण गरेपनि घटनास्थलमै रहेको प्रहरीले नियन्त्रणको कुनै प्रयास नगरको माइली तामाङले बताइन । प्रहरीले पीडितको उजुरी पनि लिन मानेको छैन ।

सोमलीको ढाड र टाउकोमा गम्भीर चोट लागेको छ भने छ्योइसाङ र अजयको हात, खुट्टा र कम्मरमा गहिरो चोट लागेको बताइएको छ । आक्रमणबाट सूर्यलाल तामाङको अनुहारमा गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले लालध्वज लामाले बताए । स्वास्थ्यचौकी टाढा भएकाले घाइतेहरुको प्राथमिक पनि हुन नसकेको लामाले बताए ।

चार वर्षीय जीवनको टाउकोमा गहिरो चोट लागेकाले उनलको अवस्था गम्भीर छ । घाइते अधिकांशको टाउको र खुट्टामा चोट लागेको समाचार छ ।

आक्रमणकारीहरुले घरेलु हतियारसहित आएर आक्रमण गरेका थिए । मानबहादुर लामा, सागर योञ्जन, कमल लामा, हर्कबहादुर तामाङ, धावा योञ्जन, बुद्धकुमार लामा, पासाङ तामाङ, प्रेमकुमार तामाङ, सुब्बासिं तामाङ, प्रयास योञ्जन, लाप्साङ योञ्जनले स्थानियमाथि आक्रमण गरेका थिए । बाँकी आक्रमणकारीको पहिचान खुल्न नसकेको बताइएको छ ।

स्थानीयको स्वीकृतिबिना व्यक्तिगत पैसामा गैरकानूनी ढंगबाट जथाभावी रुपमा सडक खनाउने काम मानबहादुर लामाको नेतृत्वमा भएकोले आफूहरुले त्यसको विरोध गरेको घाइतेहरुले बताएका छन् ।

उनीहरुले आफूहरुलाई यातायात सुविधाबाट वञ्चित गराउने उद्देश्यले गैरकानूनी रुपमा जबर्जस्त सडक लागिएको हुनाले कुनैपनि हालतमा सडक खन्ने कामको प्रतिवाद गर्ने धिरज तामाङले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ