काठमाडौ २ फागुन ।
आज फेब्रवरी १४ तारीख अर्थात् विश्व प्रेम दिवस, प्रेमी पे्रमिकाहरुले एकआपसमा प्रेम साटासाट गरी यो दिवस मनाउदैछन् ।
आजका दिन विश्वभरका प्रेमीप्रमीकाहरुले प्रेमको प्रतीक रातो गुलाब र विभिन्न किसिमका उपहार दिएर औपचारिक रुपमै प्रेम प्रस्ताव राख्ने प्रचलन छ ।
इसापूर्व २७० मा रोमका राजा क्लाउडियस द्वितीयले जनताहरु प्रेम, यौन र विवाहमा लिप्त रहँदा सैनिक सेवामा कोहि नलाग्ने र शान्ति सुरक्षामा खलाल पुग्ने निष्कर्ष निकाल्दै प्रेम गर्न प्रतिवन्ध लगाएका थिए ।
तर पादरी भ्यालेन्टाइन नामका एक व्यक्तिले राजाको उक्त आदेशलाई अस्वीकार गर्दै प्रेम गरेपछि उनलाई आजकै दिन मृत्युदण्ड दिइएको थियो । सोही दिनको सम्झनामा हरेक वर्ष फेब्रुवरी १४ तारिखमा ‘भ्यालेन्र्टाईन डे’ अर्थात प्रेम दिवसको रुपमा मनाउन थालिएको हो ।
यो दिवस पश्चिमा सँस्कृति भए पनि पछिल्ला समय यसले नेपालमा पनि स्थान पाइरहेको छ । नेपाली युवा युवतीहरुले पनि यो दिवसलाई बिशेष महत्वको रुपमा मनाउने गर्दछन् ।