श्रीपञ्चमीका अवसरमा शक्तिपीठमा भीड

श्रीपञ्चमीका अवसरमा शक्तिपीठमा भीड

  • शनिबार, फाल्गुन १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

पोखरा, १ फागुन ।

प्रत्येक वर्षको माघ शुक्ल पञ्चमीका अवसरमा विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजा गर्ने प्रचलन अनुरुप आज पोखरा र आसपासका शक्तिपीठहरूमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ ।

पोखराका विन्ध्यवासिनी, भद्रकाली, तालबाराहीलगायतका शक्तिपीठहरूमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको हो ।

विभिन्न शैक्षिक संस्थाले बिहानैदेखि विद्यालय परिसरमा रहेका सरस्वतीका मन्दिरमा विद्यार्थीका लागि सरस्वती पूजाको आँैपचारिक व्यवस्था गरेका छन् ।

श्रीपञ्चमीका अवसर पारी प्रयत्नशील युवा क्लबले कास्कीको मौजामा वसन्तपञ्चमी मेला आयोजना गरेको छ ।

प्रत्येक वर्षको श्रीपञ्चमीमा तनहुँ ढोरफिर्दीस्थित प्रसिद्ध ढोरबराही मन्दिरमा दिनभर नै अत्याधिक दर्शनार्थीको चाप लाग्ने गरेको छब्दी उच्च मावी। ढोरफिर्दीकी शिक्षिका शारदा भट्टराईले जानकारी दिनुभयो ।

चन्द्रमा जस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई आजको दिन भारती, शारदा, हँसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने गरिन्छ ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र बाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा आज पूजा–आराधना गर्छन् भने तान्त्रिकतन्त्र सिद्धिका लागि तारादेवीका रूपमा आराधना गर्छन् ।

सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजका दिनलाई ‘वसन्त पञ्चमी’ पनि भन्ने गरिन्छ । वाग्देवीका नामले प्रसिद्धी पाएकी ब्रह्माकी अधाङ्गिीनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धी र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजाको ठूलो महत्व मानिन्छ भने आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह ९इही० जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने विश्वास छ । यस दिन बालबालिकालाई अक्षराम्भ गराउने र नाक–कान छेड्ने गरिन्छ ।

पश्चिम पोखरा र आसपासका जिल्लामा कसैसँग ऋण वा सापटी लिँदा श्रीपञ्चमीको भाखा राख्ने चलन अहिले पनि कायमै रहेको स्थानीयवासी बताउँछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ