काठमाडौं, १ फागुन ।
ललितपुरको सानेपामा रहेको कवाडी कारखानामा ठूलो आगलागी भएको छ ।
आगलागिबाट कारखानाका २ वटा गाडी र एक थान प्रसर बण्डली मसिन पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
स्थानीयहरुका अनुसार बिहान साढे ५ बजेदेखि आगलागि भएपनि करिब आधा घण्टापछि मात्र प्रहरी र दककल आगलागीस्सथल पुगेका थिए ।
ललितपुर र काठमाडौंका गरि ४ वटा दमकल तथा प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा दिने प्रयास भइरहेको सानेपा प्रहरी प्रभागका प्रहरी इनिस्पेक्टर हरी बहादुर वलीले मिर्मिरेलाई जानकारी दिनुभयो ।
भरत अधिकारीले सञ्चालन गरेको खारखानामा भएको आगलागीबाट अहिलेसम्म मानवीय क्षति भने भएको छैन्।
आगलागीको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको इनिस्पेक्टर वलीले जानकारी दिनुभयो । क्षतिको थप विवरण आउन बाँकी रहेको समेत प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline