जनयुद्ध दिवस कुन माओवादीले के गर्दै छ ?

जनयुद्ध दिवस कुन माओवादीले के गर्दै छ ?

  • शुक्रबार, माघ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

फागुण १ लाई माओवादीले युद्धकाल र त्यसको केही समय पछि सम्म एउटा उत्सव र स्मृतिको रुपमा मनाउदै आएको थियो । तर पछिल्ला वर्षहरुमा विस्तारै माओवादीको विभाजन र आन्दोलनमा देखिएको कमजोरीसगै यस्तो जनयुद्ध दिवसको चर्चा समेत कम हुदै आएको छ ।
यस पटक भने चर्चा भिन्नै तरीकाले शुरु भएको छ । यो वर्ष मात्रै २०६९ सालमा अलग्गिएको वैद्य माओवादी विभाजन र एमाओवादीबाट बाबुराम भट्टराई अलग्गिए पछि कसले कसरी मनाउने हो जनयुद्ध दिवस भन्ने चासो छ ।
यसै सन्दर्भमा जनयुद्धका राजनीतिक अर्थशास्त्रीका रुपमा परिचित बाबुराम भट्टराईले भने अबदेखि जनयुद्ध दिवस नमनाउने भएका छन् ।
बाबुराम भट्टराईले न‘या शक्ति गठन गरेर त्यसको संयोजक बने पछि पहिलो पटक जनयुद्ध दिवसलाई औपचारीक रुपमा कुनै कार्यक्रम नगर्ने जनाएका हुन् ।
नया शक्तिका प्रवक्ता खिमलाल देवकोटाले मिर्मिरेसग‘ भन्नु भयो “ पहिला जनयुद्ध जरुरी थियो तर अब आर्थिक सम्वृद्धिको खॉचो छ । आर्थिक सम्वृद्धि पछि मात्रै जनयुद्धको लक्ष्य पुरा हुने भएकाले दिवस मात्र सम्झेर हुदैन ” ।
देवकोटाले फागुण १ का सन्दर्भमा कुनै औपचारीक कार्यक्रम नहुने तर शनिबार बिहान सम्म कुनै सन्देश दिने बारेमा छलफल हुने बताउनु भयो ।
संस्थापन अर्थात प्रचण्ड नेतृत्वको एकीकृत माओवादीले शनिबार दि‘उसो १ बजे पेरिसडाडामा कार्यक्रम गर्ने सो पार्टीका नेताहरुले जनाएका छन् ।
यसै गरी प्रदेश स्तरमा पनि कार्यक्रम हुने उनीहरुको भनाई छ ।
यसै गरी वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले शनिबार देशै भर नगर र गाउ स्तरमा कार्यक्रम गर्ने जनाएको छ ।
सो पार्टीका प्रवक्ता पम्फा भुषालले काठमाण्डौंमा हुने कार्यक्रममा पार्टी अध्यक्ष मोहन बैद्य उपस्थित हुने जानकारी दिनु भयो ।

यस्तै विप्लव नेतृत्वको नेकपा माओवादीले राजधानीमा मार्चपास गर्ने भएको छ ।
राजधानीमा युवाहरुको बिशेश मार्चपास हुने सो पार्टीको युवा जनस्वयंसेवकका अध्यक्ष झक बहादुर मल्लले जानकारी दिनु भयो ।
यसै गरी मातृका यादव र मणि थापाले नेतृत्व गरेका साना माओवादी पार्टीहरुले पनि केही कार्यक्रमहरु गर्ने जनाईएको छ ।

२०५२ साल फागुण १ गते देखि २०६३ साल सम्म भएको जनयुद्धको क्रममा १७ हजार भन्दा बढी मानिसको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ