प्रधानमन्त्री फागुन ७ गते भारत जाने

प्रधानमन्त्री फागुन ७ गते भारत जाने

  • शुक्रबार, माघ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, २९ माघ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा फागुन ७ गतेदेखि १२ गतेसम्म भारतको भ्रमण गर्नुहुने भएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीसँग आपसी हितका विषयमा औपचारिक वार्ता गर्नुहुनेछ । उहाँले भारतका राष्ट्रपति तथा उपराष्ट्रपतिसँग पनि भेट गर्नुहुनेछ । प्रधानमन्त्री ओलीले भारत सरकारका मन्त्री तथा विभिन्न राजनीतिक दलका नेतासँग पनि भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयद्वारा आज प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री ओलीले नयाँदिल्लीमा रहँदा भारतीय व्यापारिक समुदायसँग अन्तक्र्रिया गर्नाका साथै भारतीय विश्वमामिला परिषद्लाई सम्बोधन गर्नुहुने छ । प्रधानमन्त्रीमा निर्वाचित भएपछिको यो उहाँको पहिलो विदेश भ्रमण हो । भारतपछि उहाँ उत्तरी छिमेकी चीन जाने कार्यक्रम छ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ