चीनसँग सीमा जोडिएका चार मार्ग निर्माण

चीनसँग सीमा जोडिएका चार मार्ग निर्माण

  • शुक्रबार, माघ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ, २९ माघ ।

सरकारले चीनसँग सीमा जोडिएका चारवटा मार्ग निर्माण, विस्तार र कालोपत्रे गर्ने काम सुरु गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुई वर्षमा सक्ने गरी सङ्खुवासभाको किमाथाङ्का, सिन्धुपाल्चोकको तातोपानी, रसुवाको केरुङ् र मुस्ताङ्को कोरला नाकालाई निर्माण, विस्तार एवम् कालोपत्रे गर्ने कार्यलाई प्राथमिकतामा राखेर अगाडि बढाएको मन्त्रालयका प्रवक्ता देवेन्द्र कार्कीले जानकारी दिनुभयो ।

तातोपानी नाकाको बाह्रबिसेदेखि कोदारीसम्मको ४० किलोमिटर सडकलाई पनि यस अवधिमा कालोपत्रे गरिनेछ ।रसुवाको केरुङ् नाकासम्मको सडकलाई दुई लेनको बनाई कालोपत्रे गरिने भएको छ ।

गल्छी, रसुवागढी ८२ किलोमिटर सडक दुई लेन बनाई कालोपत्रे गर्न बाँकी रहेको र अन्य खण्डको सडक स्तरोन्नति भइसकेको सडक विभागले जनाएको छ ।

रुपन्देहीको बेल्हैयादेखि कोरला नाकासम्मको ३९० लिोमिटर दूरीमध्ये म्याग्दीको राम्दीदेखि कोरलासम्मको ३०२ किलोमिटर कालोपत्रे गर्न बाँकी छ । जोमसोम–कोरला १०० किमी सडक ग्राभेल मात्र गरिने बताइएको छ ।
चारवटै नाकाका सडक कालोपत्रे गर्नका लागि एक किलोमिटर बराबर रु ६ करोडदेखि रु १० करोडसम्म लाग्ने अनुमान गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ