सोलुखुम्बुमा झुसिल्किराको प्रकोप,स्थानिय पिडित

सोलुखुम्बुमा झुसिल्किराको प्रकोप,स्थानिय पिडित

  • शुक्रबार, माघ २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

सोलुखुम्बु, २९ माघ ।

सोलुखुम्बुको इलाका नं ९ मा पर्ने गोली, चौलाखर्क र भकाञ्जेका बासिन्दा यस वर्षको हिउँद याममा झुसिल्किराको प्रकोपबाट पीडित भएका छन् ।

भदौ महिनाबाट सुरु भएको झुसिल्किराकोे प्रकोप अझै नरोकिएकाले त्यहाँका बासिन्दापीडित भएका हुन् । स्थानीय भाषामा यस्ता झुसिल्किरालाई काउँसो भन्ने गरिन्छ ।

झुसिल्किराले विभिन्न बोटबिरुवा खानुको साथै भुवा जस्तो उड्ने यसको रौंले आँखामा सङ्क्रमण भए अन्धोपनसमेत हुनसक्ने भयले यस क्षेत्रका बासिन्दा त्रसित भएका छन् ।

चौलाखर्क–३ सोलुखुम्बुका जनकजङ्ग बस्नेतका अनुसार झुसिल्किराको कारण चौलाखर्कमा मात्र एक दर्जन भन्दा बढी खसीबाख्रा र छवटा भैँसी मरिसकेका छन् ।

“यसको रौंँ उडेको र बिजेको देखिन्न, तर जिउँमा पर्न गयो भने चिलाएर के गराँैं र कसो गराँैं जस्तो हुन्छ”, बस्नेतले भन्नुभयो ।

थोरै सङ्क्रमण भयो भने पनि आँखा चिलाउने, पाक्ने तथा रातो हुने र शरीरको छाला सुन्निनुको साथै अत्यधिक पीडा हुने चौलाखर्कका साजन बिकले बताउनुभयो ।

विशेष गरेर उत्तिस, कटुसका रुखमा साङ्लो बाँधे झँै गरी झुसिल्किरो बाँधिएर बस्ने र एकैसाथ आक्रमण गर्ने गरेको चौलाखर्ककै कैलास खत्रीले बताउनुभयो । उहाँका अनुसार यसबेला यस्ता किराले खाएर उत्तीस, कटुसका सबै पात सकिएका छन् । यसको असर अलैँंचीखेतीमा पनि परेको छ ।

सोलुखुम्बुको इलाका नं– ९ र रामेछापको गुम्देल, बाम्तीभण्डारमा पनि झुसिल्किराको प्रकोप रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ