नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विरुद्ध आरोपपत्र दायर

नेपाल विद्युत् प्राधिकरणका कर्मचारी विरुद्ध आरोपपत्र दायर

  • बिहिबार, माघ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

काठमाडौँ, २८ माघ । नेपाल विद्युत् प्राधिकरणका तत्कालीन सहायक प्रबन्धक ध्रुवकुमार उप्रेतीविरुद्ध गैरकानुनी रुपबाट सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

उप्रेतीले पदमा बहाल रहँदा आफ्नो पदीय अधिकारको दुरुपयोग एवम् भ्रष्टाचार गरी गैरकानुनी रुपबाट सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकाले भन्दै आयोगले रु चार करोड १८ लाख १० हजार ८०९ बिगो तथा कैद सजाय कायम गरी आरोपपत्र दायर गरेको हो ।

उप्रेतीले भ्रष्टाचार गरी गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति साबिक भ्रष्टाचार निवारण ऐन २०१७ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ तथा आयोग ऐन, २०४८ बमोजिम जफत गरी पाउन माग दाबी लिई सो प्रयोजनका लागि उप्रेतीकी श्रीमती सन्ध्यालाई समेत प्रतिवादी कायम गरी आरोपपत्र दायर गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ