भारत भ्रमणमा देश हित विपरीत सम्झौता गर्दिनः ओली

भारत भ्रमणमा देश हित विपरीत सम्झौता गर्दिनः ओली

  • बिहिबार, माघ २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौँ, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ असार मसान्तसम्म सबै तुइन विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने बताउनु भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २२औँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले २०७४ असार मसान्तसम्म नबनाइ नहुने स्थानमा १७६ वटा झोलुङ्गे पुल निर्माण गर्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको शपथ लिँदा नै दुई वर्षभित्र तुइन विस्थापित गर्ने वचन दिनुभएको थियो । “विसं २०७४ साउन १ गते तुइन कहीँ हुने छैन, यदि कहीँ पाए फोटो खिँचेर सिंहदरबारमा ल्याउनुस्, किनकी एउटा पनि तुइन नै रहने छैन”– प्रधानमन्त्री ओलीले भन्नुभयो ।
दुई वर्षभित्र मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ सरकार अघि बढेको भन्दै उहाँले भूकम्पपश्चात् प्राधिकरण निर्माण गरेर पुनःनिर्माणको काम सुरु भइसकेको र आगामी फागुन १२, चैत १२ र वैशाख १२ देखि पुनःनिर्माणको महाअभियानका चरण अघि बढ्ने बताउनुभयो । अब अघोषित नाकाबन्दी अन्त्य भएकाले ग्यास, पेट्रोलियम पद्धार्थ सहज हुने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले मुलुकको सार्वभौमसत्ता, स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रियहित र स्वाभिमान झुक्ने खालको काम कहिल्यै नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

काँग्रेसलाई सरकारमा आउन प्रमको आग्रह
प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसलाई सरकारमा आउन आह्वान गर्नुभएको छ ।
“लोकतान्त्रिक राजनीतिक दल सबै एक ठाउँमा छन्, देश निर्माण गर्ने अभियानमा हामी एकजुट होऔँ, नेपाली काँग्रेसलाई पनि सरकारमा आउन म आह्वान गर्छु”– प्रधानमन्त्री ओलीले भन्नुभयो ।
एकीकृत नेकपा (माओवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललगायतका धेरै दल सरकारमा सामेल भएको भन्दै उहाँले राष्ट्र निर्माणका काममा काँग्रेस पनि सरकारमा आउनुपर्ने धारणा राख्नु भयो ।
भारत भ्रमणमा देशलाई नोक्सान हुने काम हुँदैन

प्रधानमन्त्री केपी ओलीले भारत भ्रमणका क्रममा विवादास्पद र नेपाललाई नोक्सान हुने कुनै पनि काम नहुने बताउनुभयो ।

“नेपाल बुद्धको देश हो, शान्ति र मित्रता फैलाउने हो, राष्ट्रहितका पक्षमा दृढ अडिग रहन्छु”– प्रधानमन्त्री ओलीले भन्नुभयो ।

कार्यक्रममा नेकपा (एमाले)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीमा गुटबन्दीको अन्त्य गर्नुपर्नेमा जोड दिँदै गुटबन्दी एमालेका लागि घातक भएको धारणा राख्नु भयो ।
उहाँले नयाँ संविधान परिर्वतनको दस्तावेज भएकाले त्यसको कार्यान्वयनका लागि सबैले आआफ्नो ठाउँबाट प्रयास गर्नुपर्नेमा जोड दिनु भयो । पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शिक्षा क्षेत्रको विकृति विसङ्गति अन्त्यका लागि नेपाली विद्यार्थी आन्दोलनमा अनेरास्ववियुको भूमिका महत्वपूर्ण भएको बताउनु भयो ।
कार्यक्रममा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेल, सचिव योगेश भट्टराई, युवासङ्घ नेपालका अध्यक्ष राजीव पहारी, अनेरास्ववियु क्रान्तिकारी संयोजक रमेश मल्ललगायतले शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यार्थी आन्दोलन केन्द्रित हुनुपर्नेमा जोड दिनुभएको थियो । आगामी फागुन १ सम्म हुने सम्मेलनले नयाँ कार्यसमिति चयन गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ